काठमाडौं । अर्थविद्हरूले अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्न अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।
आज आइतबार अर्थमन्त्रालयमा भएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु सम्मिलित छलफलमा हाल आयातमा गरिएको कडाईलाई निरन्तरता दिँदै अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्न अर्थविद्हरूले सुझाव दिएका हुन् ।
विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन, कृषि उत्पादकत्व बढाउने तथा संरचनागत सुधार गर्ने लगायतका सुझाव उनीहरूले दिएका छन् । छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशयी भइनसकेको बताउँदै थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न पनि सुझाव दिएका छन् ।
FACEBOOK COMMENTS