काठमाडौँ । विश्व ह्यापिनेस इन्डेक्स २०२६ सार्बजनिक भएको छ । जस अनुसार फिनल्याण्ड लगातार नवौं वर्ष विश्वको सबैभन्दा खुसी देशको स्थानमा रहेको छ ।
१४७ देशहरूमध्ये शिर्ष स्थानमा रहेको फिनल्याण्डपछि दोस्रो स्थानमा आइसल्याण्ड रहेको छ भने डेनमार्क तेस्रो, कोस्टा रिका चौथो, स्विडेन पाँचौं, नर्वे छैटौं, नेदरल्याण्डस सातौं, इजरायल आठौँ, लक्जेम्बर्ग नवौं र स्वीट्जरल्याण्ड दशौँ स्थानमा रहेको छ ।
यस सूचीमा अस्ट्रेलिया १५औं स्थानमा छ भने अमेरिका २३औं स्थानमा रहेको छ । त्यस्तै बेलायत २९औं स्थानमा छ भने सिंगापुर ३६औं स्थानमा छ । त्यसैगरी जापान ६१औं स्थानमा छ भने चीन ६५औं स्थानमा रहेको छ । त्यस्तै रसिया ७९औं स्थानमा छ भने नेपाल ९९औं स्थानमा रहेको छ ।
यस सूचीमा छिमेकी मुलुक भारत ११६औं स्थानमा छ भने पाकिस्तान १०४औं स्थानमा रहेको छ । यस सूचिको पुछारमा अफगानिस्तान रहेको छ ।
फिनल्याण्ड जस्ता देशहरूको खुशी राम्रो आर्थिक अवस्था, समान स्रोत वितरण, बलियो कल्याणकारी प्रणाली र राम्रो जीवनस्तरलाई श्रेय दिइएको छ । रिपोर्टका अनुसार, अत्यधिक सामाजिक सञ्जालको प्रयोगले धेरै देशका युवाहरूको खुशी र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले यस पटक १४७ देशहरुलाई क्रमबद्ध गरेको छ ।

विश्व ह्यापिनेस इन्डेक्स अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क, ग्यालपसँगको साझेदारीमा प्रकाशित गर्ने गरेको छ ।

FACEBOOK COMMENTS