काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुङ्गल चोकस्थित कपडा गोदाममा भीषण आगो लागेको छ ।
आज बिहान करिब ५ः३० देखि लागेको आगो अहिले भने निभाइसकिएको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयलगायत खटिएका थिए ।
आगो निभाउन ६ वटा दमकल र ९ वटा पानी ट्याङ्कर प्रयोग गरिएको थियो ।
चारतले आरआर कम्पलेक्सको भुइँतलामा रहेको कपडाको गोदाममा अचानक आगलागी भएको हो । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
आगो निभाउन चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगरपालिका, नेपाली सेना, काठमाडौं महानगरपालिकाका गरी ६ वटा दमकल प्रयोग गरिएको थियो ।
त्यसैगरि ९ वटा स्थानीय पानी ट्याङ्कर ९ वटा पानी ट्याङ्कर पनि प्रयोग भएको थियो ।
क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS