काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जारी निर्वाचन प्रक्रिया अनुसार आज मतदान गर्न पाउने व्यक्तिहरूको नामावली प्रकाशित गरिएको छ ।
निर्वाचन कार्यक्रमको पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदान गर्न पाउने सदस्य सं–संस्थाका प्रतिनिधिहरूको सूची प्रकाहित गरिएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रकाशित नामावलीउपर दिउँसो ३ बजेसम्म दाबीविरोध लिइ त्यसउपर आजै छानविन र आवश्यक निर्णय गरिने छ । छानविनपछि भोलि (वैशाख २० गते) बिहान ११ बजे मतदान गर्न पाउने सदस्य संस्थाहरूका प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए ।
निर्वाचन समितिले यसअघि मतदान गर्न पाउने संघसंस्थाहरूको अन्तिम सूची प्रकाशित गरिसकेको छ ।
हेर्नुहोस् आज प्रकाशित मतदान गर्न पाउने सदस्य संघसंस्थाहरूका प्रतिनिधिहरूको प्रारम्भिक सूची–

