![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फष्ट बाइट’ ल्याएको छ ।
यस योजना अन्तर्गत फूडमान्डु एप का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत छुट (५०० रूपैयाँ सम्म) पाउन सक्नेछन् ।
फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार ‘फष्ट बाइट’ ले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ ।
नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा ‘फष्ट बाइट’ भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सकिने छ ।
FACEBOOK COMMENTS