काठमाडौं । अमेरिकाको शिकागोको नाइटक्लबबाहिर भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
शिकागो प्रहरीले गाढा रङको कारमा सवार बन्दुकधारीहरूले बाहिर उपस्थित मानिसहरूमाथि गोली चलाउन थालेको बताएको छ ।
सीबीएस न्यूजका अनुसार र्यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको समयमा गोली चलेको थियो । प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको बताएको छ ।
गोलबारीमा २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गोली गोलाबारीमा घाइते र मृत्यु भएकाहरूको पहिचान अझै खुलाइएको छैन ।
FACEBOOK COMMENTS