काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको असार १६ देखि सुरू भएको बैठक आज पनि बस्दै छ ।
बैठक आज पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरू हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आ–आफ्नो धारणा राखेका थिए ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।