काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार ८ सय रूपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदीकाे भाउ ताेलामा ५ रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतिताेला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS