पाेखरा कात्तिक २२, पाेखरामा पर्यटकीय स्थलका रुपमा रहेका विभिन्न गुफाहरुकाे विकास गरिने भएकाे छ । गण्डकी प्रदेश सरकारले गुफाहरुकाे विकासका लागि विशेष तयारी गरिरहेकाे बताएकाे छ ।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले पोखरामा रहेका गुफाहरुको विकासका लागि संभाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति वनाएर काम थाल्ने याेजना रहेकाे बताउनु भएकाे छ ।
पाेखरामा रहेकाे महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले सोमवार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले प्रदेश सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्ध वनाउने वताउनुभएकाे हाे ।
महेन्द्र गुफाको विकासका लागी सरकारले वजेट विनियोजन गरेको वताउदै उहाँले थप वजेटका लागी केन्द्र सरकारसगँ समन्वय गर्ने वताउनुभयो । गण्डकी प्रदेश सभाकाे अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय क्षेत्रको विकासका लागी सरकार गम्भीर रहेको वताउदै पर्यटन क्षेत्रमा वढ्दो आर्थिक गतिविधिवाटै समृद्धि प्राप्त गर्न सकिनेमा जोड दिनुभयो ।
