काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।
कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै आफुले आन्दोलनमा मृत्यु भएका सबैलाई शहिद घोषणा गर्ने निर्णय गरेको बताएकी हुन् ।
उनले अहिलेको व्यवस्था अनुसार सरकारले सबै शहिद परिवारलाई जनही १०९१० लाख दिने निर्णय समेत गरेको बताएकी छन् ।
साथै आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार गर्ने र घाइतेका आफन्तहरु उपचारको क्रममा राजधानीमा बस्दाको खर्च समेत सरकारले बेहोर्ने बताएकी छन् ।
FACEBOOK COMMENTS