काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १७ सय रुपैयाँ बढेको हो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी पाँच रुपैयाँ बढेको हो।
FACEBOOK COMMENTS