काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सकारात्मक देखिएको छ।
यो समयमा नेप्से परिसूचक ३.५५ अंकले बढेर २६५०.७७ विन्दुमा पुगेको छ।
अघिल्लो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ वटा कारोबार सदस्यहरूका डाटा सेन्टरको रुपमा रहेको डाटा हबमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित भएको थियो।
उक्त समस्याको समाधान भएसँगै मंगलबार नेप्सेमा पूर्वत कारोबार सञ्चालनमा आएको हो। यसदिन प्रि ओपन सेसनमा ९२ वटा स्क्रिप्सको २६हजार ८६१ कित्ता सेयर ७४ लाख ७ हजार १८९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३५ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी १८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
