काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेर उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले बढेर तोलाको २ लाख ७८ हजारमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ३ सय १५ रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS