काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन अघिल्लो दिनको तुलनामा तोलामा एक हजार पाँच सय रूपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भएको सुन शुक्रबार तोलामा ३५ रूपैयाँ बढेर प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS