विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएपछि गोमा तामाङ ‘सरिन’ ले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।
प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् । सरिनले भनेकी छन्– ’आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
रास्वपाको कोशी प्रदेशको सभापति चन्द्रबहादुर राई विजयी भएका छन् । राईले २८० मत प्राप्त गरेर विजयी भएका हुन् । त्यस्तै गोमा तामाङ सरिनले १४१ मत प्राप्त गरेकी छन् भने चन्द्रकुमार गौली निरजले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।
सभापतिमा पराजित भएपछि सरिनले भनेकी छन्– ’आखिर माथिको ह्विप भन्दै हराएरै छड्यौ मानिय तृतीयज्युर केन्द्रिय सदस्यज्यु धन्यवाद तपाईं चौथाज्युहरुलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशीलाई भनेर तर यो मेरो सोझो सिधापन आज दुखाइ भो बैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् । मोरङको विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई सभापतिमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार उनले २८० मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ले १४१ मत प्राप्त गरिन् भने, अन्य उम्मेदवार चन्द्रकुमार गौली ‘निरज’ले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।

प्रदेश अधिवेशनमा राईको पक्षमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर लिष्ट बाडेका थिए । लिष्ट बाडेपछि सभापतिको उम्मेदवार तामाङले विरोध जनाएकी थिइन् ।

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट पराजित तामाङ रास्वपाको प्रदेशको कार्यवहाक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।
उनले लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
रास्वपाको आन्तरिक लोकतन्त्रमा तामाङ सभापति पदको बलियो दाबेदारका रूपमा हेरिएकी थिइन् । तर, पराजित भएपछि उनले राजनीतिक बिट मारेको घोषणा गरिन् ।