काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं टोखा नगरपालिका- ९, गोंगबुमा २२८औं शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने सहज हुने बताए ।
नेपालको पहिलो बैंकको रुपमा आफुले अनुभव गरेको र बैंकलाई वडाको तर्फबाट सम्पुर्ण सहयोग रहने तथा आगामी दिनमा शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा स्थानीय शान्ति टोल सुधार समितिका अध्यक्ष गोविन्द प्रसाद पाठक, विनायक अस्पतालका अध्यक्ष केपी लामिछाने तथा काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर कार्कीले बैंकले गोंगबु क्षेत्रमा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै बैंक तथा व्यवसायीको आपसी सहकार्य अपरिहार्य रहेको र बैंकसँग सम्बन्ध विस्तर तथा सहकार्यका र सहयोगका लागि तयार रहेको धारणा गरेका थिए ।

शाखाका शाखा प्रवन्धक दिपा खड्का, विश्वराज बराल, प्रकाश कुमार अधिकारी, लेखनाथ भुषाल, दोर्जी शेर्पा, बाबुराम काफ्ले तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधरण नागरिकहरुको उपस्थिती रहेको थियो ।
