![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्।
कम्पनीको आज सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
आज सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको हो ।
जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् । उदयश्वार श्रेष्ठ बाहेक अन्य ३ जना यस अघि पनि संचालक थिए ।
नयाँ संचालक समिति गठनपछि बसेको पहिलो बैठकले दिलीप कुमार मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
FACEBOOK COMMENTS