काठमाडौं । सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई सञ्चार मन्त्रालय सरुवा गरिएको छ । यस्तै, अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ ।
