काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ ।
विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वत: पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।
महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।
नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा एसोसियटतर्फ सदस्यका उमेदवार रहेका सचिन ढकालले सर्वाधिक मत पाएका छन् ।
उनी प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी अर्थात १३१८ मतका साथ पहिलो स्थानमा रहँदै विजयी भए । ढकालले आईएमई ग्रुपबाट मनोनयन दर्ता गरेका थिए ।


