काठमाडौं । सांसद प्रभु साहले आराध्यदेव पशुपतिनाथमा सशस्त्र प्रहरीमार्फत भ्रष्टाचार भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा उनले पशुपतिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीका घुमुवाहरूले पर्यटकसँगै असुली धन्दा गरिरहेको आरोप लगाएका हुन् ।
हेर्नुहोस् भिडिओ–
उनले व्यक्त गरेको तथ्य र तर्क तस्ताको त्यस्तै–
गृह मन्त्रालयको अर्को काण्ड बाहिरिएको छ । पहुपतिमा पर्यटकहरूलाई दर्शन गराउन सहजताका लागि पर्यटकहरूलाई सहज ढङ्गले दर्शन गराउने नाममा सशस्त्र प्रहरीका घुमुवाहरू असुलीमा लागेको कुराहरू बाहिर आइरहेको छ । यो विषयमा के हो भनेर माननीय गृहमन्त्रीसँग जान्न चाहान्छु । सशस्त्र प्रहरीको बेसक्याम्प त्यहाँ पर्यटकको सुरक्षाका लागि हो । पर्यटकहरूको सुरक्षाका लागि राखिएको बेसक्याम्प अतिथिहरूको सुरक्षा र सम्मानमा लाग्नुको सट्टा अतिथिहरूलाई नै अपमानित र असुली गर्ने काम देशकै लज्जास्पद र संस्थाको मानमर्दन हो । त्यस काममा आईजीपी लेभलको संलग्नता छ भन्ने कुरा पनि विभिन्न ढङ्गले हामी सुनिरहेका छौँ । त्यहाँ असुलीमा लागेको ती व्यक्तिहरू वर्षौँ सरुवा नहुने, अरु एकछिन पनि टिक्न नसक्ने जो स्थिति छ, यसको पनि जवाफ हामी चाहान्छौँ ।
हामी के हेर्छौँ भने सशस्त्र प्रहरीमा ‘साधुलाई सुली, चोरलाई चौतारो’ जस्तै कयौँ राम्रो काम गर्ने मान्छेहरू दण्डित हुनुपर्ने र नराम्रो काम गर्ने मानिसहरू पुरस्कृत हुनेबारे म माननीय गृहमन्त्रीसँग जान्न चाहान्छु । पशुपतिमा खटिएका सशस्त्र प्रहरीका एक जना सिपाही सुरेन्द्र महतो कनि निलम्बनमा परे भन्ने कुरा म जान्न चाहान्छु । उसको दोष के थियो ? दोषीलाई कारबाही गर्नुको सट्टा बचाउने र निर्दोषलाई दण्डित गर्ने काम भइरहेको छ । यस्तो कामको अन्त्य होस् । यसमा के भइरहेको हो ? बेतिथि र भ्रष्टाचारबारे जवाफ चाहान्छु ।
FACEBOOK COMMENTS