काठमाडौं । सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुबीच भएको छलफलमा गृहमन्त्री लेखकले राजीनामा नदिने तर संसदमा जवाफ दिने निष्कर्ष निकालेका हुन् ।
बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने मनसाय व्यक्त गरेपनि प्रधानमन्त्री ओलीले यो गठबन्धनमाथिको आक्रमण भएकाले राजीनामाको कुरै नगर्न भनेका थिए ।
विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद चलन नदिने अडान राख्दै मंगलबारदेखि संसद अवरोध गरिरहेका बेला सत्तारुढ दलले राजीनामा नदिने अडान लिएका हुन् ।
अर्कोतर्फ बुधबार बसेको राप्रपा बाहेकोको विपक्षी दलहरुको बैठकले गृहमन्त्री लेखकको राजीनामाको बटमलाइनमा अडिक रहने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS