काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको चार घण्टा लामो शल्यक्रिया सफल भएको छ।
ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अपरेसन सफल भएको बताएका हुन्।
उनले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्सिङ टोली तथा नागरिक अस्पताल गठ्ठाघरको सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।
अपरेसन टिमका डा. रुपक खड्का र डा. सृजना श्रेष्ठलाई विशेष धन्यवाद दिँदै उनले उपचारमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
ढकालले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन्। चिकित्सकको सल्लाहअनुसार अब उनले १४ दिनसम्म पूर्ण रूपमा ‘भ्वाइस रेस्ट’ गर्नुपर्ने बताएका छन्।
उनले आवश्यक परेको अवस्थामा आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गर्दै सबैको जय होस् भन्दै स्वास्थ्यलाभको सन्देश सार्वजनिक गरेका छन्।