हेमन्त अग्रवाल
प्रमुख कार्यकारी अधिकृत (सीईओ), सीजी मोटर्स
अटोमोबाइल व्यवसायीहरूका लागि महत्वपूर्ण पर्वका रूपमा आयोजना हुँदै आएको ‘नाडा अटो शो, २०२४’ ले कत्तिको उत्साहित बनाएको छ ?
हामी धेरै उत्साहित छौँ र हामीसँगै हाम्रा उपभोक्ताहरू समेत उत्साहित हुनुहुन्छ । जहिले पनि नाडामा एक लाख हाराहारी भिजिटर आउने गर्नुभएको छ । उहाँहरू सबैले एउटै छानामुनी नयाँ–नयाँ गाडी हेर्न र बुझ्न, नयाँ प्रविधि जान्न, दर्जनौँ ब्राण्ड र अप्सनहरू चुज गर्न, स्किमहरूको अप्सन रोज्न पाउनुहुनेछ । त्यसकारण गाडी किन्न खोज्नुहुनेहरू हामी भन्दा धेरै उत्साहित हुनुहुन्छ भन्ने मेरो बुझाइ छ । हामी अटोमोबाइल व्यवासायीका लागि ठूलो अवसर हो ।
यो भव्य प्रदर्शनीमा सीजी मोटर्सले के–कस्ता गाडीहरू उतार्दै छ ?
यो नाडा अटो शोमा हामी केही नयाँ प्रडक्ट र ब्राण्डहरूलाई अनावरण गर्दैर्छौँ । पहिला त हाम्रो पुरानो ब्राण्ड नेटाको एसयूभी कारण ‘नेटा–एक्स’ पूर्ण अनावरणका साथै डेलिभरी नै गर्ने तयारी छ । चीनको सबैभन्दा प्रिमियम ब्राण्ड ‘अवतार’ र एड्भान्स टेक्नोलोजीका साथ आएको ईभी ब्राण्ड एक्सप्याङको ‘जी–सिक्स’ अनावरण गर्छौँ । यसैगरी, बिक्रीका हिसाबले विश्वकै तेस्रो स्थानमा रहेको र चीनको मोस्ट रिलायवल भेहिकल म्यानुफ्याक्चरिङको जीएसीको प्रिमियम एसयूभी ‘एवोन–भी’ अनावरण गर्छौँ । जुन गाडी आगामी जनवरीमा मात्रै लञ्च हुँदैछ । त्यस्तै, जीली होल्डिङको लक्जरी पिकअप ‘रेडार’ पनि शोकेस गर्छौँ । जुन अफरोडका लागि डिजाइन गरिएको छ । टू–ह्वीलर्समा हिरोलाई समेत समेटेर सीजी मोटर्सले कुल आठवटा स्टल राखेको छ, जहाँ इलेक्ट्रिक कमर्सियल भेहिकल किङलङ, केवाईसी पनि हुनेछन् ।
मूल्यहरू के–कस्ता छन् त ?
प्राइसिङको हिसाबमा सीजी मोटर्सले ब्रोड प्रडक्ट पोर्टफोलियो डेभलप गरिसकेको छ । हामीसँग ३० लाख रूपैयाँ हाराहारीदेखि एक करोड ५० लाख रूपैयाँसम्मका गाडी छन् । हामीसँग भएका महङ्गोमध्येको एउटा ‘अवतार’ हो । त्यसकारण हामीले फुल रेञ्ज विकास गरिसकेका छौँ । उपभोक्ताले आफ्नो बजेट अनुसारको ब्राण्ड, मोडल र फिचर हेरेर गाडी खरिद गर्न सक्नुहुनेछ ।
तपाइँहरूले सबैभन्दा पहिला ल्याएर बेचिरहनुभएको नेटा ब्राण्डको ईभीमा के–कस्ता प्रतिक्रिया पाइरहनुभएको छ ?
नेपालको वातावरण र बाटोघाटो सुहाउँदो गाडी हो नेटा–भी र यसका अन्य मोडलहरू । दुई वर्ष भन्दा बढी समयदेखि सफलतापूर्वक अपरेट भइरहेको छ । हामीले बेचेका ती गाडीहरू एक लाख किलोमिटरसम्म गुडिसकेका छन्, तर कुनै इस्यु आएको छैन । नेटाको गाडी चढ्नुभएकाहरूले आफ्ना आफन्त र साथीहरूलाई नेटाकै गाडी किन्न सिफारिस गरेको पनि हामीले पाएका छौँ, जो हाम्रो शोरुममा आइ गाडी लिएर गइसक्नुभएको छ । हामीले ३८० किलोमिटर रेञ्ज दिन्छ भनेर बेचेका गाडीले ४४५ किलोमिटरसम्म रेञ्ज दियो भनेर प्रयोगकर्ताहरूले नै बताउनुभएको छ । त्यसकारण अब गाडी किन्न चाहानुहुने ग्राहकहरूका लागि पनि नेटा ब्राण्ड रोज्न अनुरोध गर्दछु ।
आफ्टर सेल्स सर्भिसको अवस्थालाई कसरी व्यवस्थित गर्नुभएको छ ?
सीजीले नेपालमा कन्जुमर ड्युरेवल र अटोमोबाइलको व्यापार गरेको चार दशक बढी भइसक्यो । यसले राम्रो सर्भिस प्रोभाइड गरेकै कारण हामी आज मार्केट लिडिङ पोजिसनमा छौँ । त्यसकारण सीजीले आफ्टर सेल्स सर्भिसलाई मुख्य प्राथमिकतामा राखेको छ र देशको २० स्थानमा अथोराइज्ड सेल्स सर्भिस विथ पार्टसको स्थापना भइसकेको छ । २०० स्थानमा डीसी फास्ट चार्जिङ स्टल गरेका छौँ । निजी क्षेत्रबाट सबैभन्दा धेरै चार्जिङ स्टल गर्ने सीजी मोटर्स नै हो । यसले गर्दा हाम्रो प्रडक्ट अपनाउनेको सङ्ख्या ठूलो छ भने विश्वास पनि उत्तिकै बढ्दै गइरहेको छ ।
सीजी मोटर्सको आगामी लक्ष्यहरू के–के छन् ?
खासगरी हामी चार्जिङ स्टललाई मुख्य लक्ष्यका साथ अघि बढिरहेका छौँ । चार्जिङ नेटवर्क राम्रो भयो भने ईभीको मार्केट राम्रो बन्ने हो । हरेक हाई–वेमा हुँदा गाडीमा केही समस्या आयो भने नजिकको सर्भिस सेन्टरले दुई घण्टाभित्र सर्भिस दिनसक्नेगरी हाम्रो नेटवर्क बनाउने मुख्य लक्ष्यका साथ अघि बढिरहेका छौँ । त्यसकारण चार्जिङ र सर्भिस नेटवर्क विस्तार गर्ने यो वर्षको हाम्रो मुख्य लक्ष्य हो ।
सवारी साधनमा धेरै मार्जिन राखेर उपभोक्तामाथि चर्को मूल्य असुलेको आरोप पनि अटोमोबाइल व्यवसायीमाथि लाग्ने गरेको छ, यसबारे यहाँको धारणा के छ ?
हाम्रो जस्तो खुला बजार अर्थतन्त्र भएको देशमा अत्यधिक मार्जिन राख्ने कुरा सम्भवै छैन । हामी कम मार्जिन राखेर भोल्युम बढाउनतिर केन्द्रित छौँ । अहिले १५ वटा चिनियाँ ब्राण्ड नेपालमा आउन लागिसकेका छन् । यदि कोही दुई–चारवटा इम्पोटरले हाइ मार्जिन राख्यो भने पनि कोही न कोही ‘लो’ मार्जिन राखेर प्रतिस्पर्धामा उत्रिइहाल्छ । त्यसपछि बढी मार्जिन राख्नेको व्यापार चौपट भइहाल्छ । किनकी प्रतिस्पर्धा भनेको ‘लो’ मार्जिनले गर्ने हो । अनि यो प्रतिस्पर्धाको बजारमा हाइ मार्जिन राख्न कसरी सम्भव छ ? विभिन्न कम्पनीको गाडी आयात गरी बेच्नेहरूबीच कार्टेलिङको पनि सम्भावना छैन । त्यसैले यो आरोप कुनै तथ्यपरक हो जस्तो लागेको छैन । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS