काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ को निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै धन्यवाद दिएका छन्। गृह मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
रुपन्देही ३ मा आफैँ पराजित भए पनि उनले नेपाली दाजुभाइ दिदीबहिनीको योगदानले निर्वाचन अभूतपूर्व सफल भएको बताए।
नेपाली दाजुभाइ दिदीबहिनीको अपूर्व योगदानले यो निर्वाचन सकिएको छ। म केन्द्रीय सुरक्षा समितिको बैठकबाट धन्यवाद दिन्छु, उनले भने, ‘यो निर्वाचनले संविधानलाई बल पुर्याएको छ। आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो। निर्वाचनमा भूमिका निर्वाह गर्नेहरूलाई धन्यवाद’
उनले निर्वाचनका क्रममा केही नागरिकको ज्यान गएको बताउँदै तिनका परिवारको भरण पोषण राज्यले गर्ने उल्लेख गरे।
FACEBOOK COMMENTS