बुटवल । पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक ऐतिहासिक पाइला सार्दै, हायात प्लेस बुटवल’ले आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ। यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो ।
यो सुरुवातले बुटवलको बढ्दो आर्थिक र पर्यटकीय महत्त्वलाई उजागर गर्नुका साथै तीव्र विकासको पथमा रहेको यहाँको बजारमा विश्वस्तरीय हस्पिटालिटीको मापदण्ड स्थापित गरेको छ । होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ ।
उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्वहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो, जसले ह्यात प्लेस बुटवलको विश्वस्तरीय कार्यक्रम र अनुभवहरू प्रदान गर्ने क्षमतालाई पुष्टि गरेको छ ।
हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर भन्छन्, “हाम्रो नयाँ वर्षको कार्यक्रमप्रति देखिएको उत्साहजनक प्रतिक्रियाले बुटवल अब प्रिमियम जीवनशैलीको अनुभव गर्न तयार छ भन्ने स्पष्ट पारेको छ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र यहाँको तीव्र औद्योगिक विस्तारले अन्तर्राष्ट्रिय स्तरको आवासको माग ह्वात्तै बढाएको छ। ह्यात प्लेस बुटवलले व्यापारिक यात्री , पर्यटक र यस क्षेत्रको विस्तारित व्यापारिक इकोसिस्टमलाई सेवा दिँदै त्यही अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ।“

FACEBOOK COMMENTS