![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । आइएमई पे ले ‘ १ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल योजना सार्वजनिक गरेको छ ।
जेठ १० गते जेठ चल्ने अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताले १ रुपैयाँमा उक्त खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउने छन् ।
प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘१ रुपैयाँमा के’ ब्यानरमा गइ खेल्न सक्नेछन् । एक साता चल्ने अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी खेल खेल्न सक्नेछन् ।
यो अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।
FACEBOOK COMMENTS