काठमाडौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर (सद्भावनादुत) मा नियुक्त गरेको छ ।
रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत भइन् । कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदैजाने बताए ।
FACEBOOK COMMENTS