काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश र नेपाल बार एसोसिएशनका पूर्वअध्यक्षहरूविरुद्ध उजुरी दर्ता गराएका छन् ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरूलगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अभियानले उजुरी दर्ता गराएको हो ।
न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको अभियानको ठहर छ ।
यसअघि नागरिक अभिन्यन्ताको तर्फबाट डा. गोविन्द केसीले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबरा र उनका नातेदारहरुको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परिसकेको छ ।
FACEBOOK COMMENTS