दिल्ली । भारतमा पछिल्ला पाँच दिनमा लगातार कोरोनाभाइरसका ३ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार जना संक्रमित भेटिएका छन् । सोही अवधीमा ४३९ जनाले ज्यान गुमाएका छन् भने २ लाख ४३ हजार जना निको भएका छन् । सक्रिय संक्रमित संख्या २२ लाख ७५ हजार पुगेको छ । पछिल्ला दिनमा नयाँ संक्रमित संख्यामा केही कमी आएको छ ।
संक्रमित संख्या आइतबारभन्दा २७ हजार अर्थात ८।२३ प्रतिशतले कम हो । भारतमा तेस्रो लहरको पिक अहिलेसम्म आउन सकेको छैन ।
FACEBOOK COMMENTS