काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज अपराह्न करिब ४ बजे काठमाडौं आउने भएका छन्।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकाल सुरु भएयता छिमेकी देशबाट नेपाल आउने उनी नै सबैभन्दा वरिष्ठ अधिकारी हुन्।
२०२६ जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्।
नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्को देशको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि चल्दै आएको छ।
यद्यपी यो भ्रमणलाई उक्त परम्परालाई निरन्तरता दिने भन्दा पनि नेपालमा विकसित पछिल्लो विशेष परिस्थितिलाई भारतीय सेनाले प्राथमिकताका रूपमा राखेको अर्थमा पनि हेर्नुपर्ने विज्ञहरूले बताएका छन्।