काठमाडौँ । पञ्जाव किङ्स १०१ रनमा अलआउट भएको छ । जारी आईपीएलको पहिलो क्वालिफायरमा पञ्जाव किङ्स रोयल च्यालेन्जर्सविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै १४.१ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको हो ।
पञ्जाबका लागि मार्कस स्टोइनिसले सर्बाधिक २६ रन बनाए भने प्रभसिमरन सिंह र अज्मतुल्लाह ओमारजाईले १८–१८ रन बनाएका थिए ।
त्यसैगरी, रोयल च्यालेन्जर्सका बलर जोस हजेलवूड र सुयाश शर्माले ३–३ विकेट लिए भने यश दयालले २ तथा भुवानेश्वर कुमार र रोमारियो शेफार्डले एक–एक विकेट लिए ।
यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।
FACEBOOK COMMENTS