काठमाडाैँ। करिब एकवर्षदेखि अघि बढ्न नसकेको आइपीओ निष्कासन पक्रिया सोमबार धितोपत्र बोर्डले स्वीकृति दिएसँगै अघि बढेको छ । आइतबार अध्यक्ष नियुक्तीका लागि तीन दुईजनाको अन्तर्वार्तागरी तीन जनाको नाम मन्त्रीपरिषद्मा पेश गरेको छ । मन्त्रीपरिषद्मा बोर्डका हालका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, डा.नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठ रहेका छन् । गत वर्षको पुस २० गतेदेखि रमेश हमालको कार्यकाल सकिएसँगै नेतृत्वविहीन बनेको बोर्डले त्यसयता रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओको स्वीकृति प्रदान गरे पनि विवादित बनेको थियो।
त्यसपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थिएन । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेकै दिन बोर्डले गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो ।
आइतबार बोर्डले सो कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।
माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्नैपर्ने व्यवस्था रहेको र प्रक्रिया पनि पूरा गरेकाले आईपीओ निष्कासनको स्वीकृति जनाइएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नैपर्ने व्यवस्था छ । बीमा प्राधिकरणबाट विभिन्न ७ कम्पनीले माइक्रो इन्स्योरेन्स कार्यका लागि स्वीकृति पाएका छन् । जसमध्ये ३ वटा लाइफ र ४ वटा ननलाइफ माइक्रोइन्स्योरेन्स कम्पनी छन् ।
