काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारण लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको छ ।
२२ लाख ५० हजार कित्ता आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीले ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS