काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ११ देखि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेको छ । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
जसमा ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, ५ लाख २९ हजार ४०० कित्ता विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । यस्तै १ लाख ५८ हजार ८२० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ ।
सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गर्न लागेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अधिमा माग अनु्सार आवेदन नपरेमा भदौ २५ गते हुनेछ।
कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS