काठमाडाैं । मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज (असार २६ गते मंगलबार) आईपिओ बाँडफाँड गरेको हो ।क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेको छ जसमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ ।
रद्द भएपछि बाँकि रहेका २० लाख ६५ हजार १२४ जनामा गोलाप्रथाबाट ६८ हजार ४७४ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।यी मध्ये ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदककाे हात खाली भएकाे छ ।
कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणमा बिक्री गरिएको थियो ।
FACEBOOK COMMENTS