‘मुस्लिम हो कि हिन्दु ? दुई पटक सोधिरहँदा हामीले ठान्यौँ कि त्यो मान्छे मजाक गर्दैछ । तर, केही सेकेन्डमै उसले शुभमको टाउकोमा गोली हान्यो । ऊ रगतले लतपत भएर ढल्यो, चिच्यायो । त्यतिकैमा चारैतिर गोलीको आवाज सुनिन थाल्यो, जसपछि पहलगाम त्रासद भयो ।
चिच्याहट र चित्कारबीच जताततै लाशहरू देखिन्थे। । म शुभमलाई उठाउन खोज्दै थिएँ । तर, मेरी दिदी र आमाबुबाले मलाई तानेर गेटबाहिर लगे । केहीबेरमै सेनाका जवानहरू आइपुगे । मेरो पतिको शव त्यहीँ थियो । म रोइरहेँ ।’
(मङ्गलबार भारतीय राज्य जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा आँखैअघि आफ्नो श्रीमान् शुभमलाई गुमाएकी एशान्याले भारतीय सञ्चारमाध्यम ‘दैनिक जागरण’ सँगको टेलिफोन कुराकानीमा दिएको जानकारी । उक्त हमलामा एक जना नेपालीसहित कम्तीमा २७ जना मारिएको मिडिया रिपोर्ट छ ।)
FACEBOOK COMMENTS