काठमाडौं । जेन जी आन्दोलनका घाइते युवाले आगामी निर्वाचनका लागि आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालमै बसेर दिएका छन् ।
घाइते युवाहरू आफ्नो जिल्ला फर्किन सक्ने अवस्थामा नरहेकाले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको निर्वाचन आयोगले जनाएको छ ।
बायोमेट्रिक गराउने क्रममा अस्पतालमा अर्थमन्त्री रामेश्वर खनाल पनि पुगेका थिए । उनले नागरिक अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएको बताए ।
घाइते युवाहरूले आयोगप्रति आभार प्रकट गरे । उनीहरूले अस्पतालमै रहँदा पनि लोकतान्त्रिक अधिकार उपयोग गर्न पाएकामा खुसी व्यक्त गरे ।
FACEBOOK COMMENTS