काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा बुधबार पक्राउ परेका सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आरोपीलाई तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । ११ करोड ठगी गरेको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । उनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक हुन् ।
FACEBOOK COMMENTS