![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ ।
बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउँदविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।
कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दका अनुसार मन्त्री साउँदविरुद्धको उजुरीमा शान्तिसुरक्षा गरीपाउँ भन्ने रहेको छ ।
आर्थिक लेनदेनको विषयमा मन्त्री साउँद र बोहराबीच विवाद देखिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
FACEBOOK COMMENTS