काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मित्रराष्ट्र चीनका राष्ट्रपति सी जीनपीङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३: १५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् ।

उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।



प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपति सी जीनपीङसँग आजै भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



              
              
              
              		              
FACEBOOK COMMENTS