काठमाडौं । बडादसैँको मुख्य दिन विजया दशमी कलाकारहरूले पनि हर्षोल्लासका साथ मनाएका छन्। बुधबार कलाकारहरूले मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैँ मनाएका हुन्।

बिहान १०ः२६ बजेको शुभसाइतमा कलाकारहरूले परिवारका ज्येष्ठ सदस्यबाट टीका तथा जमरा लगाएका छन्। दसैँ मनाएका तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।

कलाकारका दसैँ विशेष तस्बिरहरूले सामाजिक सञ्जालमा पर्वको रौनक थपेका छन्।


