काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आन्दोलनका कार्यक्रमहरू तत्काल सुरू गर्न संयुक्त जनआन्दोलन समितिलाई आग्रह गरेको छ ।
आज आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजसंस्थाको पक्षमा भएको आन्दोलनका क्रममा सरकारले गरेको दमन र निरङ्कुशताको भत्र्सना गर्दै आन्दोलनका कार्यक्रमहरू तत्काल सुरू गर्न संयुक्त जनआन्दोलन समितिलाई आग्रह गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
त्यस्तै, बैठकले आन्दोलनमा सहभागिताको निम्ति आमजनताप्रति आभार व्यक्त गरेको छ भने तीनकुने प्रदर्शनको क्रममा पक्राउ परेका दुर्गा प्रसाईंलगायत सबैको झुठा मुद्दा खारेज गरी तत्काल रिहा गर्न माग गरेको छ ।
बैठकले भिजिट भिसा भ्रष्टाचार काण्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको बर्तौलाले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS