काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिने भएको छ ।
उक्त प्रस्ताव पारित गर्न बैंकले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा तोकिएको व्यवस्था तथा शर्तहरु सहित १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ । सभा लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान साढे बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS