काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सेवा विस्तार गरेको जनाएको छ । बैंकले पाल्पाको तानसेन–९ दमकडास्थित महिमा पुस्तक एण्ड मोबाइल सेन्टरमा आज शुक्रबारदेखि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
तानसेन–९ का अध्यक्ष हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवम् पूर्वसञ्चालक रामप्रसाद पोख्रेलले सो सेवाको संयुक्त रूपमा उद्घाटन गरी सेवा शुभारम्भ गरे । कार्यक्रममा बैंकका संस्थापकहरू, बैंकका अन्य कर्मचारीहरू, व्यावसायिक प्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायत सुविधाहरू प्रदान गरिने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवम् बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
FACEBOOK COMMENTS