काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा ४ नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउनुअघि आन्तरिक छलफलमा जुटेकी छन् ।
नयाँ मन्त्रीमा सिफारिस गरिएकामध्ये खगेन्द्र सुनारको नाम विवादमा परेपछि उनले यसमा समीक्षा गर्न लागेको स्रोतले बतायो । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री कार्की आफ्नो मन्त्रिपरिषदमा विवादित व्यक्तिहरू नपरुन् भन्नेमा सचेत देखिएकी छन् ।
सुनार नेपाल प्रहरीको फरार सूचीमा रहेको नेपाल प्रेसले सार्वजनिक गरेपछि उनले गम्भीर रूपमा लिएको स्रोतले बतायो । ‘उहाँ अहिले मन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । सम्भवतस् एक जना मन्त्रीको नाममा पुनर्विचार हुन सक्छ,’ बालुवाटार स्रोतले भन्यो ।
FACEBOOK COMMENTS