काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशमा भइरहेको विरोध प्रदर्शनप्रति प्रतिक्रिया जनाएका छन् । उनले प्रदर्शनकारीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ुखुशी पार्नु चाहने ुबदमाशहरूको समूहु भनेका छन् ।
शुक्रबार राष्ट्रिय टिभीमा सम्बोधन गर्दै खामेनीले बदमाशहरूको समूह तेहरान र अन्यत्र निस्किएर अमेरिकी राष्ट्रपतिलाई खुशी पार्न आफ्नै देशका भवनहरूमा क्षति पुर्याएको बताएका छन् ।
उनले भने( ुयो किनभने उनले ९ट्रम्प० भनेका थिए, उनी दंगा गर्नेहरू र देशलाई हानि पुर्याउनेहरूलाई समर्थन गर्छन् । यदि उनी सक्षम छन् भने, उनले आफ्नै देश चलाउनुपर्छ ।ु
खामेनीले ट्रम्पको हात १२ दिने युद्ध ९इजरायलसँग० मा मारिएका एक हजार भन्दा बढी इरानीहरूको रगतले रंगिएको समेत बताए । उनले केही अनुभवहीन र लापरवाह मानिसहरूले ट्रम्पलाई विश्वास गर्न र उनको इच्छा अनुसार काम गर्ने गरेको समेत आरोप लगाए ।

पछिल्ला केहि सातादेखि इरानमा देशव्यापी रुपमा जेनजी प्रदर्शन भइरहेका छन् । अहिलेसम्मका प्रदर्शनमा केहि सुरक्षाकर्मीसहित करिब ५० जनाको ज्यान गएको छ भने दुई हजार भन्दा बढी पक्राउ परेका छन्

FACEBOOK COMMENTS