काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई घरबाटै नियन्त्रणमा लिएर प्रहरीले साइबर ब्युरो कार्यालय लगेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोली आज नख्खुस्थित श्रेष्ठको निवासमै पुगेर ब्यूरोमा ल्याएको हो ।
श्रेष्ठविरूद्ध निवेदन परेपछि छलफल गर्न उनलाई कार्यालय ल्याइएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार
श्रेष्ठलाई ल्याएसँगै रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्तलाई पनि बोलाइएको छ । पन्तले पनि आफू ब्यूरो जान लागेको जानकारी दिएका छन् ।
समाचारको विषयलाई लिएर श्रेष्ठविरूद्ध पन्तले हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए। त्यसैगरी श्रेष्ठले पनि पन्तविरूद्ध निवेदन दिएका थिए ।
पत्रकार किशोर श्रेष्ठ घरबाटै गिरफ्तार
