![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयम्सेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’ मा आज उनले महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताए ।
अध्यक्ष ओलीले भेलाले महिला सशक्तिकरण र सामाजिकीकरणको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताए । समाजका हरेक क्षेत्रमा महिलाले खरोरूपमा जस्तोसुकै काम गर्नसक्ने र त्यसमा भेलाले आत्मविश्वास भर्ने काम गरेको उनको भनाइ थियो ।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले महिला भेलाले संवैधानिकरूपमा महिलाका अधिकारलाई थप बढाउँदै लैजानुपर्ने सुझाव दिएको बताए ।
FACEBOOK COMMENTS