काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
विहिबार साँझ भएको भेटवार्तामा नेपाल–भारत विकास सहकार्यका विभिन्न विषयमा व्यापक छलफल भएको दिल्ली स्थित नेपाली दुताबासले जानकारी दिएको छ ।
भेटमा विशेषगरी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा आपसी हितका अन्य विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै दुवै मन्त्रीले लामो समयदेखि कायम नेपाल–भारत आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने विषयमा समेत छलफल गरेको दुताबासले जनाएको छ ।

भारतको तीन दिने औपचारिक भ्रमणमा आजै दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।