काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको भन्दै प्रतिपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठक अवरोध गरेका छन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलहरूले सदन अवरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सदन सञ्चालनको सहज वातावरण बनाइदिन गरेको आग्रह नमानेपछि बैठक आधार घण्टाका लागि स्थगित गरिएको छ ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको थियो ।
यस्तो थिए कार्यसूची–
कुलमान हटाउनुका कारणबारे जान्न यो समाचार पढ्नुहोस्–
कुलमानलाई हटाउनुपर्नाका १० आधार देखाउँदै सरकारले दियो बर्खास्तीको पत्र
FACEBOOK COMMENTS